तीनदिन घटेको सुनको मूल्य ८ सयले बढ्यो, प्रतितोला ९३ हजार ९ सय कायम

नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । लगातार तीन दिन घटेको सुन शुक्रबार  सामान्य महँगिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ तोलाको ८ सय रुपैयाँले बढेको छ । जसअनुसार छापावाल सुन प्रतितोला ९३ हजार ९ सय र तेजाबी सुन ९३ हजार ४ सय रुपैयाँ कायम भएको हो।

पछिल्लो तीन दिनमा सुन ४१ सय रुपैयाँले सस्तिएको थियो।

सुनको मूल्य बढ्दा आज चाँदी पनि ४० रुपैयाँ महँगो बनेको छ। तीन दिनमै दुई सय रुपैयाँ सस्तो बनेको चाँदी शुक्रबार तोलाको ११ सय ६० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: : 2020-09-25 11:32:10

प्रतिकृया दिनुहोस्