विस्तार गर्दै अस्किना केवल

रासस

चितवन 

चितवन, नवलपरासी र मकवानपुरमा सेवा दिँदै आएको अस्किना केवलले सेवा विस्तार गरेर १० जिल्लामा पुर्याउने भएको छ। सोही कम्पनीले यी तीन जिल्लामा इन्टरनेट र सिम टिभी वितरण गर्दै आएको छ।
 
अस्किना केवल नेट प्रालिका प्रबन्ध निर्देशक दीपक अधिकारीका अनुसार तनहुँको दमौली, कास्कीको पोखरा, लमजुङको बेँसीशहर, गोरखाको गोरखा बजारमा सेवा विस्तार गर्न लागिएको हो। यसैगरी, रुपन्देही, कपिलवस्तु, सिराहा र सुनसरीका मुख्य शहरमा इन्टरनेट सेवा विस्तार गर्न लागिएको उनले जानकारी दिए। 
 
कम्पनीका अध्यक्ष मिलन गुरुङले स्थापनाको दुई वर्षको अवधिमा तीन जिल्लाका ग्राहकको सन्तुष्टिसँगै सेवा विस्तार गर्न लागिएको बताए। एक वर्षभित्रमा सेवा विस्तार सक्ने गरी काम भइरहेको उनको भनाइ थियो। उनका अनुसार सिम टिभीका ग्राहक २७ हजार छन्। जिल्ला विस्तारसँगै टेलिभिजनका ग्राहक ५० हजार र इन्टरनेटका ग्राहक ३० हजार कटाउने लक्ष्य रहेको गुरुङले बताए। सो कम्पनीले अन्तर्राष्ट्रिय प्रतिष्ठित कम्पनी हुवाहेको उच्चस्तरको उपकरण प्रयोग गरेको दाबी गरेको छ। 

प्रकाशित मिति: : 2020-09-25 14:12:25

प्रतिकृया दिनुहोस्