वरिष्ठ छायांकार जावेद शाहको निधन

वरिष्ठ छायांकार जावेद शाहको निधन भएको छ। 

उनकाे बुधबार काठमाडाैं क्षेत्रपाटीस्थित आफ्नै घरमा  ७० बर्षको उमेरमा निधन भएको हो। 

उनको मुस्लिम परम्परा अनुसार अन्तिम दाहासंकार गरिएको परिवारले बताएका छन्। शाहको श्रीमती र दुई छोरा छन्।

उनी रुसमा चलचित्र सम्बन्धी अध्ययन गरेर फर्किएका थिए।

नेपाली चलचित्रमा सफल छायांकारको रुपमा परिचित शाहले ‘भाग्य रेखा’ खिचेर यात्रा अगाडि बढाएका थिए। 

शाहले ‘विजय पराजय, यूगदेखि यूगसम्म, चोखो माया, सीमाना, प्रतिज्ञा, जमिन, नातेदार, प्रतिक्षा, ज्वाला, अवतार’ लगायतका चलचित्र खिचेका छन्।

प्रकाशित मिति: : 2020-09-26 18:11:16

प्रतिकृया दिनुहोस्