सेनाले छानबिन शुरु गर्‍यो कङ्गो घटना

नेपाली सेनाले अफ्रिकी मुलुक कङ्गोमा भएको कुटपिटको घटनाको छानबिन शुरु गरेको छ । 

शान्ति स्थापनार्थ त्यहाँ  तैनाथ गणको जवान लाइनमा  भएको सैनिक आचरण र मर्यादा विपरितको घटनामा संलग्न सबै जवान तथा अधिकृत छानबिन शुरु भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ  पौडेलले जानकारी दिए ।

सेनाले बिहिबार राति केही जवानले मादक पदार्थ खाई वादविवाद र होहल्ला गरेपछि सैनिक अनुशासन कायम गर्ने सन्दर्भमा भएको भनिएको घटनाको जेष्ठ सेनानीको नेतृत्वमा छानविन शुरु गरेको जानकारी दिइएको छ । 

अधिकृतस्तरका सैनिकले अनुशासन कायम गराउने सन्दर्भमा गरेको कारवाहीमा उक्त घटनामा केही जवान घाइते भएको बुझिएको छ ।

प्रकाशित मिति: : 2020-09-26 20:00:08

प्रतिकृया दिनुहोस्