भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई पक्राउ

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेका दुवै जनालाई पक्राउ गरेको हो ।

डोटी केआइसिंह गाउँपालिका–२ का २२ वर्षीय मोहन कामी र १९ वर्षीय सुनिल भुजेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।

उनका अनुसार दुवै जनाबाट ४४० ग्राम ६३० मिलीग्राम सुनका विभिन्न किसिमका तयारी गहना बरामद भएको छ । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: : 2020-09-27 12:06:34

प्रतिकृया दिनुहोस्