जुम्लाकाे तिला नदीमा भेटिएको शवको परिचय खुल्यो

जुम्लाको  खलङ्गा बजारस्थित तिला नदी किनारमा साेमवार बिहान फेला परेकाे शवकाे परिचय खुलेकाे छ।

शव गुठिचौर गाउँपालिका ४  धौलापुरस्थित घर भएका २५ वर्षीया कमल न्याैपाने रहेकाे प्रहरीले जनाएको छ।

चन्दननाथ नगरपालिका १० बोहरा गाउँ जाने बाटो छिना पुलको मुनितिर एकाबिहानै न्याैपानेकाे शव भेटिएको थियाे।

शव जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा पोस्टमार्टम भइरहेको डीएसपी माधव काफ्लेले जानकारी दिए। 

अनुसन्धान भइरहेकाले घटनाकाे पूरा विवरण आउन सकेकाे छैन।

प्रकाशित मिति: : 2020-09-28 17:37:37

प्रतिकृया दिनुहोस्