ओस्कार अवार्डमा सहभागिताका लागि आवेदन खुला

९३औँ ओस्कार अवार्डमा सहभागिताका लागि आवेदन खुला गरिएको छ। यसअघि फ्रेब्रुअरीमा हुँदै आएको अवार्ड कोरोना महामारीका कारण दुई महिना पर धकेलिएको थियो। 

अब अवार्ड अप्रिल २५ का दिन आइतबार लसएञ्जल्सको डल्बी थिएटरमा सम्पन्न हुने बताइएको छ।

नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ‌प्रतिस्पर्धामा सहभागि हुन नेपाली फिल्मकर्मीलाई फिल्मको आवदेन बुझाउन आह्रवान गरेको छ। समितले असोज १३ गतेदेखि असोजको २९ गतेभित्रमा आवेदन  बुझाउन आह्वान गरेको हो। 

महामारीकै कारण केही नियममा परिवर्तन पनि गरिएको छ। महामारीले गर्दा प्रदर्शन हुन नसकेका फिल्मले पनि ओस्कारमा सहभागिता जनाउन पाउनेछन्। 

यसरी रोकिएका फिल्म हलमा नलागी स्ट्रिमिङ साइटमा आएका छन् भने पनि तिनले सहभागिता जनाउन सक्नेछन्।

यसअघि फिल्म हलमा रिलिज भएर हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो। 

यसका लागि सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट फिल्म रिलिज रोकिएको पत्र नेपालको अस्कर कमिटीलाई बुझाउनु पर्नेछ। 

प्रकाशित मिति: : 2020-09-28 18:58:34

प्रतिकृया दिनुहोस्