प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएकाे साविक विजेता लिभरपुलले आर्सनललाई हराएको छ।
लिभरपुलकाे घरेलु मैदान एनफिल्डमा भएकाे खेलमा आर्सनल ३–१ गोल अन्तरले पराजित भएकाे हाे।
खेलकाे २५औँ मिनेटमा एलेक्जेन्डर लाकाजेट्टीले गाेल गर्दै पाहुना टाेली आर्सनललाई अग्रता दिलाएका थिए। एन्ड्रयु रोबर्टसनको गल्तीको फाइदा उठाउँदै लाकाजेट्टी लण्डन क्लबलाई अघि बढाएका थिए।
त्यसको तीन मिनेटपछि लिभरपुल खेलमा फर्कियाे। उसका लागि साडियो मानेले गाेल गरे।
३४औँ मिनेटमा घरेलु टोलीले पुन: अग्रता लियाे। रोबर्टसनले लिभरपुललाई अग्रता दिलाएका थिए।
पहिलाे हाफ २–१ काे अग्रता बनाएकाे लिभरपुलले दाेस्राे हाफमा थप एक गाेल गर्याे।
खेल सकिन दुई मिनेट अघि यसै सिजन लिभरपुल आएका फरवार्ड डियोगो जोटाले तेस्रो गोल गरे। जोटा ४५ मिलियन पाउण्डमा यसै सिजन उल्भ्सबाट लिभरपुल आएका हुन्।
लण्डन क्लबविरुद्ध जित निकाल्दै लिभरपुलले नयाँ सिजनमा समेत शतप्रतिशत जितको नतिजालाई कायम राखेको छ। लिभरपुल ३ खेलमा ९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ।
आर्सनलले लिगका सुरुवाती दुई खेलमा जित निकालेको थियो। याे खेलमा पराजित भएपनि आर्सनल ६ अंक सहित तालिकाको पाँचौ स्थानमा छ।