गुजरातमा निर्माणाधीन भवन भत्किँदा तीन श्रमिककाे मृत्यु

बिएल संवाददाता

बडोदरा (बिएल हिन्दी)

गुजरातको वडोदरामा निर्माणाधीन भवन भत्किँदा तीन श्रमिककाे मृत्यु भएकाे छ।

स्थानीयवासीका अनुसार वडोदराको बवमानपुरा क्षेत्रमा निर्माणाधीन भवन अचानक ढलेकाे थियाे। भवन पहिले नै एकतर्फ झुकेकाे अवस्थामा रहेकाे स्थानीयहरुले बताएका छन्। 

यसबारे स्थानीयवासीहरुले प्रशासनलाई खवर पनि गरेका थिए तर प्रशासनले कुनै चासाे दिएनन्। 

फलत: सोमबार राती अचानक भवन भत्किँएकाे थियाे। साेही भवनले पुर्दा तीन मजदुरको मृत्यु भएकाे स्थानीयले बताएका छन्।

सूचना पाएपछि प्रशासन र फायर ब्रिगेड घटनास्थल पुगेको थियाे। उद्धार अभियान जारी छ भने पुरिएका शव निकालिँदै छ। 

यता अन्य व्यक्ति पनि पुरिएकाे प्रहरीले जनाएकाे छ। भवनको भग्नावशेषमा फसेका मानिसहरूलाई बाहिर निकाल्ने प्रयास भइरहेको जनाइएकाे छ। 

यसअघि एक महिना अगाडि अहमदाबादमा वाणिज्य भवन पनि ढलेकाे थियाे। यस दुर्घटनामा एक जनाको मृत्यु भएकाे थियाे। भनिन्थ्यो कि भवनमा तीनजना पुरिएका थिए।

जसमध्ये दुईजनालाई सुरक्षित बाहिर निकालेको थियो भने एकजनाको मृत्यु भएकाे थियाे।
 

प्रकाशित मिति: : 2020-09-29 06:16:16

प्रतिकृया दिनुहोस्