बालुवा झिक्ने क्रममा पुरिएर एकजनाको मृत्यु

बालुवा झिक्ने क्रममा पुरिएर स्याङ्जाको वालिङमा मंगलबार एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेको प्रहरीले जनाएको छ।

बालुवा निकाल्ने क्रममा आज बिहान पुरिएर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु भएको गह्रौँ प्राथमिक अस्पतालका सूचना अधिकारी देवेन्द्रप्रसाद भट्टराईले बताए।

उनीसँगै बालुवा निकाल्ने क्रममा स्थानीयवासी ३५ वर्षीया मुना थापा र ३१ वर्षीया नारायणी सिञ्जाली घाइते भएका छन्।

प्रकाशित मिति: : 2020-09-29 14:45:25

प्रतिकृया दिनुहोस्