अदालत बलियो हुँदा शासन शैलीमै फरक पर्दोरहेछ

अनलाइनखबर

काठमाडाै‌

जनगुनासो कस्तो छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दलहरूले भनेको मान्ने मान्छे मात्रै गए । दलका नेताहरूले भोलि आफूलाई पर्दा जोगाउने व्यक्तिलाई मात्रै नियुक्ति दिए भन्ने आम धारणा पाइन्छ ।

आफ्नो सम्बन्ध भएको, दलभित्रको मान्छे नभई ल्याइँदैन भन्ने जनताको भनाइ छ । निर्विकल्प, सबैले मान्नेखालको व्यक्ति आएको देखिँदैन । बरु यो फलाना दलको, त्यो फलाना दलको कोटाबाट आएको भन्ने आरोप लाग्ने गरेको छ । 

बाहिर पार्टीमा सक्रिय नदेखिएकाहरूमा पनि दलीय आर्शिवाद छ भन्ने प्रष्ट देखिन्छ । सरकारमा बसेका प्रवुद्ध व्यक्तिहरूलाई कारवाही नगरोस् भन्ने उद्देश्य राखेको देखिन्छ ।

प्रभावशाली र सरकारमा बसेका व्यक्तिहरूले गरेको भ्रष्टाचार छुँदै छुँदैन । साना, झिना मसिनालाई छोड्दै छोड्दैन । एक हजार घुस लिएको आरोपपछि आत्महत्या गरेको कुरा आयो । ठूला–ठूला व्यक्तिलाई जोगाएर सुब्बा, खरिदार, डिठ्ठालाई कारबाही गरेर त भएन नि । ठूला मुद्दा चलाउनै पर्‍यो भने फाइलमा सही गर्ने प्रमुख व्यक्तिलाई जोगाउने, तर त्यो मुद्दासँग जोडिएका सानातिना कर्मचारी वा विरोधी दलका मात्रै कारवाही चलाउने गरेको देखियो ।

प्रकाशित मिति: : 2020-09-29 17:56:03

प्रतिकृया दिनुहोस्