पेट्रोलमा मट्टितेल मिसावट गर्ने टयांकर चालक पक्राउ परेका छन्।
डिपोका लागि भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लोड गरेर आएको ना ४ ख ३०८५ नम्बरको ट्याकंरका चालक सतिन सुवेदीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको नेपाल आयल निगमले जनाएको छ।
‘पेट्रोल ट्यांकर चालक सतिन सुवेदी मंगलबार पक्राउ परेका छन्, उनलाई कालोबजारी तथा केही सामाजिक अपराध ऐन अनुसार कारबाही गर्न प्रहरीलाई बुझाएका छौं,’निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने।
दुई साता अवधिमा पेट्रोलमा मिसावट तथा चोरीमा संलग्न छैटौं ट्यांकर चालक फेला परेको र उनीहरुलाई कालोबजारी ऐनअन्तरगत कारबाही अघि बढाइएको निगमले जनाएको छ।
यसअघि पेट्रोल चोरीमा संलग्न एक तथा पेट्रोलमा मिसावटको आरोपमा निगमको अमलेखगन्ज डिपोबाट तीन र थानकोट डिपोबाट एक जना चालक पक्राउ परिसकेका छन्।