अपहरणको अभियोगमा मलेसियमा बसेर रेष्टुरेष्ट सञ्चालन गर्ने डेविड समातिए

प्रहरीले अपहरण गरेको अभियोगमा डेविट भनिने दुर्गा बहादुर श्रेष्ठलाई पक्राउ गरेको छ। 

केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले मंगलबार साँझ काठमाडौंबाट उनलाई पक्राउ गरेको हो। 

मलेसियमा बसेर गुन्डागर्दी गर्ने तथा अपहरणको उजुरी परेपछि नेपाल आएको समयमा नियन्त्रणमा लिएको व्यूरोका डिआइजी सहकुल थापाले बताए। 

‘पीडित परिवारले उजुरी दिएपछि हामीले नियन्त्रणमा लिएका हौं। थप अनुसन्धान भइरहेको छ,’ डिआइजी थापाले भने। 

डेविडले १५ लाख रुपैयाँ फिरौती मागेको अभियोगमा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका श्रेष्ठ मलेसियमा रेष्टुरेष्ट तथा डान्सबार सञ्चालन गर्दै आएका छन्। उनले काठमाडौंको दरबारमार्गमा समेत रेष्टुरेष्ट सञ्चालन गर्ने तयारी गरिरहेका थिए। 

मलेसियाको एक कम्पनीको फ्रेन्चाइच लिएर दरबारमार्गमा श्रीमतीको नाममा व्यवसाय गर्ने तयारी गरेका थिए। 

उनी धेरै जसो मलेसियमा नै बस्दै आएका छन्।

प्रकाशित मिति: : 2020-09-30 09:28:45

प्रतिकृया दिनुहोस्