बाघको आक्रमणबाट रौतहटमा दुईजना घाइते, एक बेपत्ता

बाघको आक्रमणबाट रौतहटको चन्द्रपुरमा दुईजना घाइते भएका छन् । चन्द्रपुर नगरपालिका ६  रंगपुर साझेदारी वन क्षेत्रमा बाघले उनीहरु माथि आक्रमण गरेको हो ।

चन्द्रपुर ६ का २७ बर्षका संगम भण्डारी दिउसो घाँस लिन जंगल गएको र अबेरसम्म फर्केर नआउपछि खोज्न मंगलबार साझ ७ बजेको समयमा जंगल गएका गाउँलेहरुलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ।

बाघको आक्रमणमा परेर चन्द्रपुर ६ का ३० बर्षका अशोक थापा र ३४ बर्षका प्रबिण श्रेष्ठ घाइते भएका छन्। 

उनीहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी हेम बहादुर शाहीले जानकारी दिए।

घाँस लिन गएका भण्डारीको खोजीका लागि बुधबार बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरीएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी भरत श्रेष्ठले  जानकारी दिएकाछन ।

प्रकाशित मिति: : 2020-09-30 12:01:40

प्रतिकृया दिनुहोस्