नेपाली नाका खोल्नुपर्ने माग राख्दै भारतीय व्यापारी अनसनमा

कोरोना संक्रमणका कारण ७ महिनादेखि बन्द नेपाल–भारत नाका खोल्नुपर्ने माग राख्दै भारतीय व्यापारीले सुरु गरेको अनसन बुधबार दोस्रो दिनपनि जारी रहेको छ। 

लामो समयदेखि नाका बन्द हुँदा व्यापार व्यवसाय ठप्प भएको र घरभाडा तिर्न समस्या परेको भन्दै सीमा क्षेत्रमा रहेका व्यापारी मंगलबारदेखि अनसनमा बसेका छन्। उनीहरूको माग छ, नाका अविलम्ब खुलाउनु पर्नेछ। 

अनसनमा बसेका झुलाघाटका व्यापारी डब्बु गडकोटीले राज्य र केन्द्र सरकार दुवै बेकामे भएको आरोप लगाए।

व्यापारीहरुले कारोबार बन्द भएको अवधीको व्याज मिनाहा हुनुपर्ने, घर भाडामा छुट दिइनुपर्ने र बिजुली तथा अन्य करमा समेत छुट दिनुपर्ने माग राखो छन्।

 ‘सबै व्यापारीलाई पसल र घरको भाडा तिर्न समस्या भईरहेको छ, बिजुली, पानी र बैंकको व्याज तिर्न नसकिने अवस्था आएको छ’ झुलाघाट नगर उद्योग व्यापार मण्डलका सचिव लवदेव भट्टले भने, ‘विभिन्न समस्याका कारण झुलाघाटबाट व्यापारीहरु पलायन हुन लागेका छन्।’ 

उनले व्यवसायीहरुका माग पुरा नभएसम्म अनसन जारी रहने बताएका छन्।

प्रकाशित मिति: : 2020-09-30 17:16:39

प्रतिकृया दिनुहोस्