दिल्लीका कप्तान ऐयरलाई १९ लाख जरीवाना

दिल्ली कप्तान श्रेयस ऐयरलाई सनराइजर्स हैदरावाद बिरुद्ध मंगलबार सम्पन्न खेलमा ढिलो ओभर रेटका कारण जरीवाना गरिएको छ। लिगमा पहिलो पटक भएकोले उनलाई १२ लाख भारु ( १९.२ लाख नेपाली ) जरिवाना गरिएको छ।

‘दिल्ली कप्तान श्रेयस ऐयरलाई हैदरावाद बिरुद्धको खेलमा ढिलो ओभर रेटका कार जरिवाना गरिएको छ। पहिलो पटक भएका कारण आईपीएलको निम्नतम ओभर रेटको नियम उल्लंघन बापत उन्ला १२ लाख भारु जरिवाना गरिएको हो,’ आईपीएलले जारी गरेको विज्ञप्तिमा बताईएको छ।

जारि लिगमा ढिलो ओभर रेटमा जरिवाना गरिएको यो पहिलो पटक हैन। गत साता बैंगलोर कप्तान बिराट कोहलीलाई पनि पन्जाब बिरुद्धको खेलमा सोही कारण १२ लाख भारु जरिवाना गरिएको थियो।

आईपीएलमा फिल्डिङ टिमका कप्तानले सामान्य अवस्थामा कम्तिमा १ घण्टा ३० मिनेटमा ( टाईम आउटसहित ) इनिङ समाप्ति गर्नुपर्छ। यदि दोस्रो पटक पनि कोहलीले लिगमा ढिलो ओभर रेट गरेको पाइए जरीवाना दोब्बर अर्थात् २४ लाख भारु हुने नियम छ।

दोस्रो पटक कप्तानलाई मात्र हैन खेलेका अन्य खेलाडीहरुको म्याच फिबाट २५ प्रतिशत काट्ने नियम रहेको छ। तेस्रो पटक ढिलो ओभर रेटमा कप्तानले ३० लाख भारु तिर्नुपर्नेछ र १ खेल समेत खेल्न नपाउने नियम छ।

लिगमा तेस्रो खेल खेल्दा पहिलो हार पछि दिल्ली कप्तान ऐयरले विकेटले दोहोरो व्यवहार गरेको बताएका थिए,‘१६२ रन बनाउँदा हामी खुसिनै थियौं। यो विकेटमा त्यो औसत योगफल हो। हाम्रो यो मैदानमा पहिलो खेलमा कस्तो व्यवहार गर्यौ बुझ्ने सकेनौं। उनीहरुले हामीलाई सबै कुरामा पछि पार जसकारण उनीहरुलाई श्रेय दिनुपर्छ। दोस्रो इनिङमा विकेटले दोहोरो व्यवहार गर्यो जुन आश्चर्यजनक थियो।’

‘जब म ब्याटिङ गर्न छिरेको थिए बल ब्याटमा आइरहेको थिएन। यस्तो सोचेका थियौं कि ‘शित’ हुनेछ तर अब हार पछि केही बहाना बनाउन मिल्दैन। हामीले योजना अनुसार खेल्न सकेनौं। यो विकेट र परिस्थितिबाट धेरै कुरा सिक्न पाएका छौँ,” उनले बताए।

खेलमा हैदरावादले दिएको १६४ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले १४७/७ मात्र बनाउन सकेको थियो।

हारपछि पनि दिल्ली राम्रो रनरेटका आधारमा ३ खेलमा २ जित र १ हार पछि अंकतालिकामा शीर्ष स्थानमा पुगेको छ। समान ४ अंक रहेता पनि किङ्स इलाभेन पञ्जाब दोस्रो तथा राजस्थान नेट रन रेटमा पछि पर्दै तेस्रो स्थानमा झरेको छ। 

लिग अन्तर्गत दिल्लीले आगामी खेल कोलकाता नाइट राइडरस बिरुद्ध अक्टोबर ३ ( शनिबार) खेल्नेछ। अहिलेसम्म नेपाली युवा खेलाडी सन्दीपले प्लेइङ सेटमा मौका पाएका छैनन्।

प्रकाशित मिति: : 2020-10-01 00:27:18

प्रतिकृया दिनुहोस्