रेडक्रसद्वारा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा

रासस

रोल्पा 
सांकेतिक तस्बिर

अतिविपन्न परिवारका गर्भवतीले अब एम्बुलेन्स सेवा पाउने भएका छन्।

 कोरोनाका कारण लामो समयदेखि भएको बन्दाबन्दी र निषेधाज्ञाका कारण मातृ मृत्युदर बढिरहेकाले नेपाल रेडक्रस सोसाइटी रोल्पाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ।

विपद्का ंसमयमा अतिविपन्न र सङ्कटका अवस्थामा रहेका गर्भवती  बढी प्रताडित हुने देखिएकाले उनीहरुलाई प्रसूति सेवाका लागि नजीकैको स्वास्थ्य संस्था वा अस्पतालसम्म निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भएको हो। 

आगामी डिसेम्बरसम्म उपलब्ध हुने सो सेवाका लागि रेडक्रसले मापदण्डसमेत निर्धारण गरेको  रेडक्रस  शाखाका सभापति डिबी घर्तीले बताए। 

प्रकाशित मिति: : 2020-10-01 15:46:42

प्रतिकृया दिनुहोस्