पर्साको राष्ट्रिय बनबाट चोरी तस्करी गरि ल्याउँदै गरेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट बिहीबार राति बन गस्ती टाेलिले ३ थान सालको काँचो गोलियासहित २ तस्करलाई पक्राउ गरेको छ।
सब डिभिजन बन कार्यालय बडनिहारकाे सुबदार रामआशिष राउत कुर्मीको कमान्डमा खटेकाे बनगस्ती टाेलिले पर्सागढि नगरपालिका २ गोडपसरा गाउँ नजिकबाट १ थान सालको गोलिया साइकलमा ल्याउँदै गरेको अवस्थामा पर्सागढी नगरपालिका २ बागबाना गाउँ निवासी धर्मदेव माझी र गजेन्द्र माझीलाई काठ र साइकलसहित पक्राउ गरेको हो।
पक्राउ परेका दुबै जनालाई आवस्यक कार्वाहीको लागि सब डिभिजन बन कार्यालय बडनिहारमा राखिएको छ।
त्यसैगरी गएराती नै बडनिहारकाे बनगस्ती टाेलिले २ थान सालको गोलियासहित साइकल बरामद गरेको छ।
बागबाना गाउँ नजिकबाट बरामद गरेको दुई थान काठ र साइकल आवस्यक कार्वाहीको लागी सब डिभिजन बन कार्यालय बडनिहारमा राखिएको जमदार अर्जुन चौधरीले बताए।