बिराटनगरमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु

 बिराटनगरमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

बिराटनगर महानगरपालिका–३ घर भएकी ६८ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको हो ।

 उनको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगरमा शनिबार बिहान करिब २ बजे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए ।

कोरोना पुष्टि भएसँगै उनलाई ११ असोजमा आइसोलेसनमा भर्ना गरिएको थियो । उनमा श्वासप्रश्वासको समस्या थियो ।

प्रकाशित मिति: : 2020-10-03 12:28:08

प्रतिकृया दिनुहोस्