बीपी प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको मृत्यु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित महिलाको आज बिहान मृत्यु भएको छ ।

इनरुवा–४ सुनसरीकी २८ वर्षीया महिलाको आज बिहान साढे ४ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । ती महिलामा अन्य दीर्घरोग थिएन ।

बीपी प्रतिष्ठानमा परीक्षण गर्दा यही असोज ८ गते ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सोही दिन उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

 

प्रकाशित मिति: : 2020-10-03 12:30:06

प्रतिकृया दिनुहोस्