पशुपति क्षेत्रमा बत्ती निभाएर विरोध गरिने

पशुपति क्षेत्र संयुक्त सङ्घर्ष समितिले आइतबार र सोमबार साँझ ७:०० बजेदेखि ७:३० बजेसम्म बत्ती निभाउने (ब्ल्याक आउट) कार्यक्रमको घोषणा गरेकाे छ। 

हालै प्रस्ताव गरिएको गुरुयोजनाको विरोधमा सो कार्यक्रम आयोजना गरिएको सङ्घर्ष समितिले बताएकाे छ। 

स्थानीयवासीसँग छलफल नगरी एकलौटी ढङ्गबाट गुरुयोजना बनाउने पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिवलगायत कर्मचारीको राजिनामा माग गर्दै सङ्घर्ष समितिले विरोध कार्यक्रम सार्वजनिक गरेको हो। 

समितिले विकास कोषको कार्यालयमा धर्ना दिने र कोष घेराउलगायत विरोधका कार्यक्रम घोषणा गरेको छ।

प्रकाशित मिति: : 2020-10-04 13:03:05

प्रतिकृया दिनुहोस्