प्रधानमन्त्री आर्डनले भनिन्- न्युजिल्यान्डले भाइरसलाई फेरि परास्त गर्‍यो

एजेन्सी

अकल्यान्ड

न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले न्युजिल्यान्डले कोरोना भाइरसलाई फेरि पनि परास्त गरेको बताएकी छन् ।

सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री आर्डर्नले अकल्यान्ड सहरमा निषेधाज्ञाहरू खुकुलो बनाइएको घोषणासमेत गरिन् । भाइरसको संक्रमण दरमा उल्लेखनीय रूपमा सुधार आएको भन्दै उनले अकल्यान्डमा लगाइएका निषेधाज्ञाहरू यसै साताबाट खुकुलो बनाइएको जनाइन् ।

प्रधानमन्त्री आर्डर्नले १२ दिनदेखि अकल्यान्डमा नयाँ संक्रमित नदेखिएका जनाइन् । सेप्टेम्बर अन्त्यमा भाइरसको संक्रमण पुष्टि भएपछि न्युजिल्यान्डमा प्रतिबन्धहरू लगाइएको थियो ।

न्युजिल्यान्डका स्वास्थ्यमन्त्रीले भने पछिल्लो २४ घण्टामा एक जनामा भाइरसको संक्रमण देखिएको बताए । उनका अनुसार देशभर हाल ४० जना सक्रिय संक्रमित छन् ।

जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिर्सोस सेन्टरको तथ्यांकअनुसार न्युजिल्यान्डमा अहिलेसम्म एक हजार ८ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोनाबाट न्युजिल्यान्डमा २५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: : 2020-10-06 09:49:56

प्रतिकृया दिनुहोस्