धादिङकाे गल्छी–८ गोगनपानीस्थित ग्रामिण सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान ८ बजे बा ६४ प ६९६४ नम्बरको मोटरसाइकल सडकबाट करिब ५० मिटर तल खस्दा खसेकाे थियाे।
दुर्घटनामा माेटरसाइकलकाे पछाडि सवार स्थानीय ६५ वर्षीय हरि बुढाथोकीको घटनास्थलमै मृत्यु भएको गल्छी प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक मृतकका छोरा राजन बुढाथोकी घाइते भएको प्रहरीले बताएको छ ।