स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै विगत २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीको पक्षमा एक युरोपेली नागरिकले पनि समर्थन जनाउँदै अनशनमा बस्ने घोषणा गरेकी छिन्।
डा. गोविन्द केसी संसारकै महात्माहरूमध्ये एक भएको भन्दै उनको माग र अनशनलाई समर्थन गर्न उनले एकदिन भोक हडतालमा बस्ने घोषणा गरेकी हुन्।
नेल्सन मण्डेला र महात्मा गान्धीसँग डा. केसीलाई तुलना गर्दै अक्टुबर ७ अर्थात भोलि असोज २१ गते एकदिने अनशनमा बस्ने घोषणा गरेकी हुन्।
उनले आफ्नो नेपालसँग निकै प्रेम रहेको र डा. केसीले उठाएका मागहरू सर्वसाधारणको हितका पक्षमा रहेको भन्दै अनशनलाई समर्थन जनाएकी हुन्।
उनले भनेकी छिन्, ‘लेल्सन मण्डेला, महात्मा गान्धीजस्ता संसारमा धेरै मानवीय नायकहरू थिए, यस्तै, डा. गोविन्द केसी पनि उनीहरूजस्तै मध्येका एक हुन्।
उनको पक्षमा अक्टुबर ७ मा एक दिने भोक हडतालमा भाग लिन पाउँदा खुसी छु।’ साथै उनले संसारको कुनै पनि ठाउँमा बसोबास गर्ने नागरिकका लागि डा. केसी राम्रो बनाउनका लागि लागिपरेको पनि बताएकी छन्।
‘उहाँ संसारको कुनै पनि ठाउँमा बसोबास गर्ने नागरिक र यस ग्रहलाई नै राम्रो बनाउनका लागि संघर्ष गरिरहुनुभएको छ। यसमा साथ दिने सबैमा मेरो संमवेदना छ।’
यसैबिच बालुवाटारमा डा. केसीको समर्थनमा प्रदर्शन गरिएको छ । सत्याग्रही डाक्टर गोविन्द केसीको समर्थनमा उनका समर्थकहरुले मंगलबार बालुवाटारमा प्रदर्शन गरेका हुन् ।
जुम्लाबाट १९औं अनशन सुरु गरेका सत्याग्रही डा. केसीको समर्थनमा चिकित्सा शिक्षा अध्ययनरत चिकित्सकहरुले समेत प्रदर्शनमा सहभागी जनाएका थिए ।