वीरेन्द्रनगर नगरपालिका ४ स्थित टायर रिसोलिङ सेन्टरमा आगलागी हुँदा करोडौंको क्षति भएको छ।
मंगलबार राती करिब १ बजेतिर टायर रिसोलिङ सेन्टरमा आगलागी भएको हो।
प्रारम्भिक अनुमान अनुसार विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
आगलागीबाट करिब एक करोड १८ लाख बराबर क्षती भएको टायर रिसोलिङ सेन्टरका सञ्चालक सुरेशबहादुर कडायतले बताए।
उनका अनुसार सेन्टरमा रहेको टायर पकाउने मेसिन, हावा भर्ने मेसिन, कारोवार फाइलहरु लगायतका लाखौंका उपकरण तथा सामग्री जलेर नष्ट भएका छन्।
राती एक्कासी रिसोलिङ सेन्टरमा आगलागी भएपछि स्थानीयवासी र प्रहरीले दमकलको सहायतामा करिब दुई घण्टापछि आगो नियन्त्रणा लिएका थिए।