विश्व नम्बर एक जोकोविच फ्रेन्च ओपनको सेमिफाइनलमा

विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन्। 

पेरिसमा बिहिबार बिहान भएको खेलमा पाब्लो कारेनो बुस्तालाई पराजित गर्दे सर्बियन खेलाडी जोकोविचले अन्तिम चारको यात्रा सुनिश्चित गरेका हुन्।

जोकोविचले स्पेनिस बुस्तालाई ४–६, ६–२, ६–३ र ६–४ को सेटमा पराजित गरे। 

जोकोविचले फाइनल प्रवेशका लागि स्टेफानोस टिट्सिपाससँग प्रतिस्पर्धा गर्ने छन्।

स्टेफानोसले एन्ड्री रुब्लेभलाई ७–५, ६–२ र ६–३ को सेटमा पराजित गर्दै अन्तिम चारमा आइपुगेका हुन्।

प्रकाशित मिति: : 2020-10-08 07:28:26

प्रतिकृया दिनुहोस्