सीबीआईका पूर्वनिर्देशक अश्वनीकुमारले गरे आत्महत्या

भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) का पूर्वनिर्देशक अश्वनीकुमारले आत्महत्या गरेका छन्। 

प्रहरीका अनुसार बुधबार नागल्यान्डको राजधानी शिमलास्थित निवासमा ७० वर्षीय आश्वनीकुमार झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।

उनी नागल्यान्डका पूर्वराज्यपालसमेत हुन्।

परिवारका अनुसार त्यस दिन अश्वनीकुमार हिँडेर काली माताको मन्दिर गएका थिए। उनले फर्किएपछि साँझ ध्यान गरेका थिए। जुन साँझ उनका छोरा र बुहारी पनि इभिनिङ वाकको लागि बाहिर गएका थिए।

उनीहरू घर फर्किदा ढोका भित्रबाट बन्द गरिएको थियो। ढोका फोरेर हेर्दा उनी झुन्डिएको अवस्थामा फेला परेका थिए। 

प्रहरीले घटनास्थलबाट सुसाइड नोट बरामद गरेको छ। जसमा उनले जीवनमा थकित भएपछि अर्को यात्रा तय गरेको उल्लेख गरेका छन्।

हिमाचल प्रदेशका डीजीपी सञ्जय कुन्डुका अनुसार सुसाइड नोटमा अश्वनीकुमारले कसैलाई दोष दिएका छैनन्। परिवारले पनि अश्वनीकुमारको मृत्युमा कसैको षडयन्त्र शंका गरेका छैनन्।

सुसाइड नोटमा अश्वनीकुमारले लेखेका छन्, ‘मेरो रोग र अशक्तताका कारण यो जीवनको अन्त्य गर्दै छु र जीवनको नयाँ यात्रामा लाग्दै छु।’

घटनाबारे गम्भीर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

सिरमौर जिल्लाको सदरमुकाम नाहनमा जन्मिएका अश्वनीकुमार सन् सन् २००८ देखि २०१० बीच उनी सीबीआईका निर्देशक भएका थिए। त्यसअघि उनी २००६ देखि २००८ सम्म हिमाञ्चलको पुलिस महानिर्देशक (डीजीपी) समेत बनेका थिए।

प्रकाशित मिति: : 2020-10-08 07:38:46

प्रतिकृया दिनुहोस्