कर्मचारीमा कोरोना देखिएपछि प्राधिकरणको हटलाइन सेवा बन्द

नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारीलाई काेराेना भाइरस संक्रमण पुष्टि भएपछि हटलाइन सेवा बन्द भएकाे छ।

हटलाइन सेवा ११५० मा कार्यरत कर्मचारीलाई संक्रमण देखिएपछि सो सेवा केही दिनका लागि बन्द भएको हो । 

विद्युत प्राधिकरणले सूचना जारी गर्दै भनेको छ, ‘कोरोनाका कारण कार्यालय  सिल गर्नु परेकोले हटलाइन सेवा ११५० केहि दिनको लागी वन्द गरिएको व्यहोरा जानकारीको लागी अनुरोध छ । यसबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं।’
 

प्रकाशित मिति: : 2020-10-09 13:54:57

प्रतिकृया दिनुहोस्