१३ वर्षीय छोरीलाई बलात्कार गरेका बाबुलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ।
जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले सर्लाही बरथहवा निवासी ४० वर्षका बाबुलाई जन्मकैद र ५० हजार जरिवाना गरेको हो।
प्रहरीका अनुसार बाबु आफ्ना सन्तानसहित कावासोतीमा रहेको डीबीआई इँटा उद्योगमा कार्यरत छ्न्। त्यहाँ उद्योगमा श्रीमती, छोरा र छोरीसहित मजदुरी गर्दै आएका थिए।
दुई वर्षअघिदेखि छोरीलाई पटकपटक बालत्कार गरेको भन्दै उनीविरुद्ध एक वर्षअघि प्रहरीमा उजुरी परेको थियो।
बलात्कारपछि छोरी गर्भवती भएको र गर्भपतन गराइएको अदालतमा बाबुले स्वीकारेका छन्।
हाडनाताभित्र करणी गरेका उनको नेपालभर कहींकतै कुनै सम्पत्ति नभएका कारण सरकारी राज्य कोषबाट (पीडित राहतकोष) बाट ५० हजार क्षतिपूर्ति भराउने अदालतको फैसला छ।