काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसमिति विस्तार गरेको छ।
राप्रपाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको विधान तथा पार्टी एकीकरण सम्बन्धी आधारपत्र बमोजिम अध्यक्षत्रयको सहमतिमा केन्द्रीय कार्य समिति विस्तार गरिएको राप्रपाले जनाएको छ।
पार्टीका अनुसार ३२७ सदस्यीय केन्द्रीय समितिमा नयाँ ४०० सदस्य थप गरी ७२७ पुर्याएको छ।
एकीकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन्द्रीय कार्य समितिको विस्तार भएको राप्रपाले जनाएको छ।
सो पार्टीले असोज २९ गतेसम्म जिल्ला स्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने बताएको छ।