ठोरीमा मोटरसाइकल र साइकल ठोक्किँदा ४ जना घाइते

ठोरी गाउँपालिका ४ मा आइतबार दिउँसो मोटरसाइकल र साइकल ठोक्किँदा ४ जना घाइते भएका छन्।

वडा ४ को मालिवस्ती नजिकैको हुलाकी सडकमा विजयवस्तीबाट मालिवस्तीतर्फ जाँदै गरेको भारतीय नम्बरप्लेट बिआर ए ई ९५१५ को मोटरसाइकलले विपरित दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।

ठक्करबाट साइकलमा सवार ठोरी ३, ब्रम्हानगरका आयुष श्रेष्ठ गम्भिर घाइते भएको  विजयवस्ती प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सुदामाप्रसाद यादवले जानकारी दिए।    

श्रेष्ठको टाउकोमा चोट लागेको छ। यस्तै दुर्घटनामा मोटरसाइकल चालक छिपहरमाई गापा ३ का राजेश साहको पनि हात भाँचिएको प्रसनी यादवले जनाए।

घाइते दुबै जनालाई उपचारका लागि बीरगंजस्थित न्यूरो अस्पताल पठाइएको उनले बताए।  

मोटरसाइकल र साइकलमा पछाडि सवार अन्य २ जनालाई सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-10-11 19:36:00

प्रतिकृया दिनुहोस्