बेल्जियममाथि इंग्ल्यान्डको पूनरागमन जित

युइएफए नेसन्स लिगको तेस्रो राउन्डको खेलमा इंग्ल्यान्डले बेल्जियमलाई पराजित गरेको छ। 

घरेलु मैदान वेम्वली स्टेडियममा आइतबार राति भएको खेलमा इंग्ल्यान्डले बेल्जियममाथि २–१ को पूनरागमन जित हात पारेको हो।

इंग्ल्यान्डको जितमा मार्कुस रासफोर्ड र मासन माउन्टले गोल गरे। रोमेल लुकाकुले गरेको गा्ल सान्त्वना बन्यो। 

१६औं मिनेटमा पाअुना टोली बेल्जियमले रोमेलु लुकाकुको पेनाल्टी गोलबाट अग्रता लिएको लिएको थियो।

एरिक डाएरले पेनाल्टी बक्समा लुकाकुलाई लडाएपछि प्राप्त गरेको थियो। 

३९औं मिनेटमा इंग्ल्यान्डले पेनाल्टी गोलमार्फत खेललाई १–१ गोलको बराबरीमा ल्यायो। थोमस म्युनियरले कप्तान जोर्डन हेन्डरसनलाई फल गरेपछि रेफ्रीले दिएको पेनाल्टीलाई रासफोर्ड सदुपयोग गरे।

६४औं मिनेटमा किरिएन ट्रिपिएरको पासमा मासन माउन्टले गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए। उनको प्रहार टोवी एल्डरवेइरिल्डदाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो। 

यस जितसँगै इंग्ल्यान्ड ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। पराजित बेल्जियम ६ अंकसहित दोस्रो स्थानमा रहेको छ। 

प्रकाशित मिति: : 2020-10-12 06:02:00

प्रतिकृया दिनुहोस्