पाँच वर्षीया बालिकालाई करणी गर्न खोजेको अभियोगमा एक पक्राउ

पाँच वर्षीया नाबालिकालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । 

नाबालिकालाई आँपको बगैँचामा लगेर यादवले जबर्जस्ती करणी गर्न खोज्दा निज बालिकाले धकेली भागेको प्रहरीले जनाएको छ ।

उक्त आरोपमा सिरहाको विष्णुपुर गाउँपालिका ५ लक्ष्मीपुरका २३ वर्षीय शत्रुधन यादवलाई प्रहरीले पक्राउ गरेको हो।

पीडित नाबालिकाका परिवारजनले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको सिरहा प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जीयारले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: : 2020-10-13 12:08:00

प्रतिकृया दिनुहोस्