ब्राजिलको शानदार जितमा नेयमारको ह्याट्रिक

 विश्वकप छनोटमा अन्तर्गत बुधबार बिहान भएकाे खेलमा ब्राजिलले पेरुमाथि ४–२ को शानदार जित निकालेको छ।

१० खेलाडीमा सिमिति बनेको पेरुलाई हराउन ब्राजिलका नेयमारले ह्याट्रिक गरे।

विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लगातार दोस्रो खेलमा जित निकालेको छ।

ब्राजिलले समूह चरणमा २ खेलबाट ६ अंक जोडेको छ।

खेलमा छैटौं मिनेटमा नै आन्द्रे कारिलोको गोलबाट पेरुले अग्रता लिएको थियो।

२८औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत ब्राजिललाई खेलमा फर्काए। 

५९औं मिनेटमा रेनाटो तापियाले गोल गर्दै पेरुलाई पुनः २–१ ले अग्रता दिलाए।

त्यसको ५ मिनेटपछि रिचार्डलिसनले ब्राजिलका लागि बराबरी गोल फर्काएका थिए।

बराबरीतर्फ उन्मुख खेलको ८३औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई ३–२ को अग्रता दिलाए।

खेल सकिन एक मिनेट बाँकी छदाँ कार्लोस जान्ब्रानो रातो कोर्ड खाए। उनले मैदान छाड्नुपर्दा पेरु १० खेलाडीमा सिमिति भयो।

दोस्रो हाफको इन्जुरी समयमा नेयमारले ह्याट्रिक पुरा गर्दै ब्राजिललाई 
४–२ को शानदार जित दिलाए।

विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लगातार दोस्रो खेलमा जित निकालेको छ। ब्राजिलले समूह चरणमा २ खेलबाट ६ अंक जोडेको छ।

प्रकाशित मिति: : 2020-10-14 07:54:00

प्रतिकृया दिनुहोस्