रोनाल्डोविनै पोर्चुगलको सानदार जित

कप्तान तथा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोविनै पोर्चुगलले युइएफए नेसन्स लिगको चौथो राउन्डको खेलमा सानदार जित हात पारेको छ।

लिसवोआमा बुधबार राति भएको खेलमा स्वीडेनमाथि ३–० को सहज जित हात पारेको हो। पोर्चुगलको सहज जितमा डिएगो जोटाले दुई तथा बर्नाडो सिल्भाले एक गोल गरे।

कोरोना संक्रमणका कारण रोनाल्डोले स्वीडेनविरुद्धको खेल गुमाएका थिए। 

२१औं मिनेटमा डिएगो जोटाको पासमा अनमार्क रहेका बर्नाडो सिल्भाले सहजै फिनिस गरेका थिए।

 ४४औं मिनेटमा डिएगो जोटाले गोल गरेपछि पोर्चुगलले खेलमा २–० को अग्रता लिन सफल भयो। उनले जोआ क्यान्सिलोको पासमा गोल गरे।

७२औं मिनेटमा डिएगो जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई सहजजिततर्फ अघि बढाए।

त्यसपछि थप गोल निस्कन नसक्दा पोर्चुगलले ३–० को सहज जित निकाल्यो।

जितसँगै अपराजित रहेको पोर्चुगल लिग ‘ए’ ३ मा ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ। समान १० अंक नै भएपनि फ्रान्स दोस्रो स्थानमा रहेको छ। पराजित स्वीडेन अंकविहीन हदै पुछारमा रहँदा क्रोएसियाको ३ अंक छ।

प्रकाशित मिति: : 2020-10-15 09:03:00

प्रतिकृया दिनुहोस्