काठमाडौंको सोह्रखुट्टेस्थित एक घरमा ग्यास पड्किँदा ११ जना घाइते भएका छन्।
बिहीबार बिहान काठमाडौं महानगरपालिका १६ फलफूल चोकको रहेकाे स्थानीय मिनकुमारी क्षेत्रीको घरमा ग्यास सिलिन्डर बिस्फोट भएको हो।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले विस्फोटमा परेर ११ जना घाइते भएको बिएल नेपाली सेवालाई जानकारी दिए।
उनीहरुलाई काठमाडौँका विभिन्न अस्पतालमा लगिएको छ।
उनका अनुसार आगो विस्फाेट पछि घरमा आगाे लागेकाे थियाे। जसबाट घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ।
आगाे निभाउन प्रहरी र दमकल घटनास्थलमा पुगिसकेको छ।