चितवनमा दुई वर्षे बालकसहित थप ५५ जनामा कोरोना 

भरतपुर
भरतपुर

चितवनमा दुई वर्षे बालकसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा बिहीबार गरिएको ३०५ जनाको स्वाब परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डा नीतु अधिकारीले जानकारी दिइन्।

उनका अनुसार संक्रमितमध्ये ५१ जना चितवनका हुन् भने बाँकी ४ जनामा तीन जना पाल्पाका र एक जना रूपन्देहीका हुन्।

जसमध्ये भरतपुरका दुई वर्षे बालकसहित ९ पुरूष र ८ महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्तीका ११ पुरूष र ९ महिला, खैरहनीका ४ पुरूष र ४ महिला,  रत्ननगरका १ पुरूष र कालिकाका २ पुरूष र ३ महिलामा संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डा नीतु अधिकारीले बताइन्।

प्रकाशित मिति: : 2020-10-16 12:01:00

प्रतिकृया दिनुहोस्