एकै वर्षमा ३६ लाख बढ्यो माेदीको सम्पति

एजेन्सी

मुम्बई
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति अघिल्लो वर्णको तुलनामा ३६ लाख भारतीय रुपैयाँ बढेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति अघिल्लो वर्णको तुलनामा ३६ लाख भारतीय रुपैयाँ बढेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति अघिल्लो वर्णको तुलनामा ३६ लाख भारतीय रुपैयाँ बढेको छ।

बिहीबार सार्वजनिक गरिएको सम्पति विवरण अनुसार उनीसँग हाल कुल २ करोड ८५ लाख भारतीय रुपैयाँ रहेको छ।

गत वर्ष उनको कुल सम्पत्ति २ करोड ४९ लाख भारतीय रुपैयाँ रहेको थियो।

उनले ऋण र सवारी साधन नभएको जनाएका छन्। तर आफूसँग संयुक्त घर, घडेरी, केही सुन र बैंक ब्यालेन्स रहेको जानकारी गराएका छन्। 

यता गृहमन्त्री अमित शाहको सम्पत्ति भने एकै वर्षमा ४ करोड सम्पति घटेको छ। उनको गतवर्ष ३२ करोड सम्पत्ति थियो।

अहिले २८ करोड ६३ लाख मात्र रहेको जनाएका छन्

प्रकाशित मिति: : 2020-10-16 12:18:00

प्रतिकृया दिनुहोस्