पाँचौं श्रेणीको डुरेनविरुद्ध वायर्नकाे शानदार जित 

वायर्न म्युनिखले डिएफबी पोकलको पहिलो राउन्डमा सहज जित हात पारेको छ ।
वायर्न म्युनिखले डिएफबी पोकलको पहिलो राउन्डमा सहज जित हात पारेको छ ।

वायर्न म्युनिखले डिएफबी पोकलको पहिलो राउन्डमा सहज जित हात पारेको छ ।

एलिएन्ज एरिनामा बिहीबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन वायर्नले पाँचौ श्रेणीको डुरेनमाथि ३–० को शानदार जित हात पारेको हो। वायर्नको जितमा डेब्यु गरेका इरिक म्याक्सिम चुपो मोटिङले दुई गोल तथा थोमस मुलरले एबक गोल गरे ।

२४औं मिनेटमा बोउन सारको पासमा मोटिङले गोल गर्दै वायर्नलाई अग्रता दिलाए । ३६औं मिनेटमा थोमस मुलरले पेनाल्टीमार्फत गोल गर्दै बायर्नको अग्रता दोब्बर बनायो ।

पेनाल्टी बक्समा मोटिङलाई सोविचले फल गरेपछि रेफ्रीले वायर्नलाई पेनाल्टी दिएको थियो । 

७५औं मिनेटमा मोटिङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि वायर्न खेल ३–० ले जित्यो।

प्रकाशित मिति: : 2020-10-16 12:32:00

प्रतिकृया दिनुहोस्