मापसे गरेर ड्युटी गर्छन् डिएसपी साब!

सिरहाको गस्तिमा खटिएका केही प्रहरीले मदिरा सेवन गरेर स्थानिय व्यापारीलाई अभद्र व्यवहार गर्ने गरेको आरोप लागेको छ। प्रमुख व्यापारीक केन्द्र लहानको हस्पिटल चोकमा रात्री गस्तिमा खटिएका डिएसपी शरद थापा क्षेत्रीले अभद्र व्यवहार गरेकाे आराप लागेकाे हाे।

शनिवार राती भ्यानसहित गस्तिमा आएका डिएसपी क्षेत्रीले मदिरा सेवन गरेर सगरमाथा होटल अगाडि बसिरहेका एक सेवाग्राहीलाई कुर्सीबाट उठाएर भ्यान भित्रैबाट गालिगलौज गरेको स्थानिय एक व्यापारीले बताए।

नाम नखुलाउने शर्तमा ती व्यापारीले भने, ‘हामी सबै होटल र पसल बन्द गरेर सुत्ने तरखरमा थियौँ। भ्यान लिएर आएका प्रहरीका हाकिमले भ्यान भित्रैबाट सेवाग्राहीलाई कुर्सीले हान्न खोज्दै ए हरि यो ट्यापेलाई भ्यानमा हाल भनेर  नानाभाँती गालीगलौज गरे।’

उनका अनुसार क्षेत्रीको बोलि लरबरिएको थियो।

‘उनको लरबरिएको बोलीले मदिरा सेवन गरेको प्रस्ट बुझिन्थयो। उनी घरीघरी अपशब्द बाेलिरहेका थिए,’ ती व्यापारीले भने।

सिरहाका एसपी उमाशंकर पंजियारले ड्युटीमा रहेका प्रहरीले मदिरा सेवन गरेको पाइए तुरून्त कारवाही गर्ने बिएल नेपाली सेवालाई बताए।

‘अहिलेसम्म त्यस्तो उजुरी आएको छैन। यदि आए वा मदिरा सेवन गरेको पाइए कारवाही गर्छौं,’ उनले भने। 

कुनैबेला नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको सुरक्षागार्डको भुमिका निर्बाह गरेका डिएसपी क्षेत्रीले ईलाका प्रहरी कार्यालय लहान आउनसाथ लोकप्रिय काम गरेर सबैको तारिफ पाइरहेका थिए।

यस्तैमा उनकाे बदनाम हुन थालेकाे छ। तर उनकै टिमका केही प्रहरी लागिपरेको बताइन्छ।

तर यसअघि पनि रात्री गस्तिमा निस्कदा अपशब्द बोल्ने गरेको भन्दै केहीले डिएसपी क्षेत्रीको आलोचना समेत गर्ने गरेका थिए।

यसअघि श्रावनमा पनि उनीमाथि एक व्यावासायीलाई अभद्र गालीगलौज गर्दै कनचटमा पेस्तोल राखेर ज्यान मार्ने धम्की दिएको आरोप समेत लागेकाे  थियो। 

यस्तै आफूलाई मुफ्तमा समान नदिए विभिन्न मुद्दा लगाएर फसाउने भन्दै व्यापारीलाई धम्काउने गरेको डिएसपी थापालाई आरोप लागेको छ।

प्रकाशित मिति: : 2020-10-17 13:14:00

प्रतिकृया दिनुहोस्