थप २ हजार ९४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २ हजार ९४२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार ९४२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार ९४२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४६ हजार ८७५ नमुना परीक्षणबाट उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १ हजार ६९८ जना काठमाडौं उपत्यकाका छन्।

यसमध्ये काठमाडौंका मात्र १४६९ जना रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ९९ र ललितपुरमा १३० जना संक्रमित थपिएका छन्।

यससँगै कुल संक्रमितको संख्या एक लाख ३२ हजार २४६पुगेको छ । उनीहरुमध्ये ७३९ जनाको मृत्यु भएको छ भने ९२ हजार १६६ संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार निको हुनेको संख्या २३२६ जना छन्।

देशभर ३९ हजार ३४१ संक्रिय संक्रमित छन् । त्यसमध्ये संस्थागत आइसोलेसनमा १२९३३ जना र होम आइसोलेसनमा २६४०८ जना रहेका छन्। हाल क्वारेन्टिनमा ४८३१ जना रहेका छन्। 

नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको छ।

प्रकाशित मिति: : 2020-10-18 16:27:00

प्रतिकृया दिनुहोस्