एस्टन भिल्लाकाे अपराजित यात्रा कायमै

एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा  लेस्टर सिटीमाथि रोमाञ्चक जित निकालेको छ।

शत प्रतिशत जित दर्ता गर्ने क्रममा एस्टन भिल्लाले १–० को जित दर्ता गरेकाे हाे।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रस बार्कलेले गोल गरेपछि एस्टन भिल्लाले लेस्टरलाई उसकै मैदानमा हराएको हो।

जितसँगै अपराजित रहेको भिल्ला चार खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ।

 पराजित लेस्टर ९ अंकसहित चौथो स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-10-19 06:35:00

प्रतिकृया दिनुहोस्