सभामुख सापकोटाले दशैं भत्तावापतको रकम कोरोना कोषलाई दिने 

सभामुख अग्निप्रसाद सापकोटाले दशैं भत्तावापतको रकम कोरोना कोषमा राख्ने निर्णय गरेका छन्। 

सभामुख सापकोटाले सोमबार एक विज्ञप्ति जारी गर्दैै उनले आफूलाई प्राप्त हुने चाडपर्व खर्च कोरोना कोषमा उपलव्ध गराउने निर्णय गरेको जानकारी दिएका छन्। 

उनले मुलुक कोरोना महामारी र आर्थिक संकटमा रहेका बेला सत्ता पक्ष र प्रतिपक्ष दलहरुले गरेको सुझबुझपूर्ण निर्णयप्रति हार्दिक धन्यवाद समेत दिएका छन्।

सभामुख सापकोटाले  संघीय संसदका सदस्यहरु तथा संसदीय दलका पदाधिकारीहरु लगायत पार्टी नेतृत्वबाट गरिएको सराहनीय प्रयासमा प्रदेशसभाका माननीय सदस्यहरुबाट पनि सकारात्मक प्रतिक्रियासहित सहयोग जुट्ने आशा गरेका छन्।
No description available.

प्रकाशित मिति: : 2020-10-19 19:29:00

प्रतिकृया दिनुहोस्