नेदरल्याण्ड्समा निको नहुने १२ बर्षसम्मका बिरामी बच्चाको जीवन समाप्त पार्ने कानुनलाई अनुमति

बिएल संवाददाता

एम्स्ट्रेडम

नेदरल्याण्ड्सको डच सरकारले उपचार नहुने गम्भीर प्रकृतिका बिरामी केटाकेटीको जीवन समाप्त पार्ने कानुनलाई अनुमति दिएको छ। 

यो कानुन अनुसार डाक्टरहरूले आफ्नो तरिकाले यस्ता बिरामी बच्चाको निधनलाई सहज बनाउन सक्ने छन्। तर, यसका लागि उनीहरूले अविभावकको स्विकृति लिनुपर्ने हुन्छ। 

सरकारको यो निर्णयको केही सामाजिक संगठनले कडा शब्दमा निन्दा गरेका छन्। उनीहरूले औषधि सेवनबाट यस्ता बिरामी बच्चालाई जीवित राख्न सकिने अवस्थामा उनीहरूका लागि मृत्युको कानुन पास गर्नु अमानवीय भएको बताएका छन्। तर, धेरै जसो विशेषज्ञ र कानुन निर्माताले यसको समर्थन गरेका छन्। 

नेदरल्याण्ड्समा एक वर्षसम्म ठिक नहुने बिरामी केटाकेटीलाई मृत्यु वरण गर्न दिने अनुमति पहिले देखि कायम छ। डच स्वास्थ्य मन्त्री ह्युगो डि जोङले यो कानुनको प्रस्ताव राखेका थिए। उनले केटाकेटीको उमेरलाई बढाएर १२ वर्ष पुर्‍याेएका छन्।

उनले भने, ‘केही केटाकेटी निकै बिरामी पर्छन। उनीहरूको स्वास्थ्य सुधार हुने कुनै सम्भावना नै हुदैन। उनीहरू अनावश्यक रूपमा पिडित हुन्छन्। हरेक वर्ष ५ देखि १० जना यस्ता बच्चाहरू प्रभावित भइरहेका हुन्छन्।’

उनले असह्य पीडामा रहेका तथा बाच्ने कुनै उपाय नभएका केटाकेटीमा यो नियम लागु हुने बताए। ३ वटा युरोपेली देश लक्जमवर्ग, बेल्जियम र स्विट्जरल्याण्डमा चिकित्सकको सहायताले मृत्युको अनुमति दिने चलन छ।

प्रकाशित मिति: : 2020-10-19 19:40:00

प्रतिकृया दिनुहोस्