लुम्बिनीका अस्पतालमा कोरोना संक्रमितकाे निःशुल्क उपचार गर्छाैं : मुख्यमन्त्री पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा निःशुल्क उपचार यथावत् रहेको बताएका छन्।

संघीय सरकारले कोरोना संक्रमितको परीक्षण तथा उपचार खर्च सरकारले नबेहोर्ने निर्णय गर्दा उनले निःशुल्क उपचार यथावत् रहेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्। 

‘लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था यथावत् छ,’ उनले लेखेका छन्। प्रदेशका बुटवल, भैरहवा, दाङ र बाँकेमा कोरोना विशेष अस्पताल सञ्चालनमा छन्।

प्रकाशित मिति: : 2020-10-20 13:09:00

प्रतिकृया दिनुहोस्