जुवा खेलिरहेका १२ जना पक्राउ

मोरङ प्रहरीले जुवा खेलिरहेका १२ जनालाई पक्राउ गरेको छ।

सोमबार राति उनीहरूलाई रतुवामाई नगरपालिका ७ जामबाडीस्थित पोखरीको डिलमा रहेको टहरोबाट नियन्त्रण लिइएको हो। 

गोप्य सूचनाका आधारमा जुवाखालमा छापा मारेको प्रहरीले पक्राउ परेकाहरूबाट १४ हजार २ सय ७० रुपैयाँ, ६ सय मलेसियाली रिंगेट, १२ बुक तास र तीन थान मोटरसाइकल बरामद भएको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।

प्रकाशित मिति: : 2020-10-20 13:20:00

प्रतिकृया दिनुहोस्