डा भट्टराईलाई जसपा सङ्घीय परिषद् अध्यक्षको जिम्मेवारी

जनता समाजवादी पार्टी (जसपाका) को सङ्घीय परिषद् अध्यक्षको जिम्मेवारी डा बाबुराम भट्टराईले पाएका छन्।

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले उनलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो। केन्द्रीय समितिको अध्यक्षमा भने महन्थ ठाकुर र उपेन्द्र यादव रहने भएका छन्।

यस्तै बैठकले डा भट्टराईले नेतृत्व गर्ने सङ्घीय परिषदप्रति केन्द्रीय समिति उत्तरदायी हुनुपर्ने विधान पनि पारित गरेको छ। 

बैठकले रेशम चौधरी रिहाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ भने बाँकी निर्णयका लागि पाँच जना शीर्ष नेतालाई अधिकार दिइएको डा.भट्टराईका प्रेस सल्लाहाकार विश्वदीप पाण्डेले जानकारी दिए।

पाँच शीर्ष नेतामा डा भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र महतो रहेका छन्। 

प्रकाशित मिति: : 2020-10-20 18:12:00

प्रतिकृया दिनुहोस्