पीएसजीकाे मैदानमा युनाइटेडकाे जित

च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएकाे खेलमा इंंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई उसैकाे मैदानमा  २–१ गाेलले पराजित गरेको छ।

पार्क डि प्रिन्सेसमा भएको प्रतिस्पर्धात्मक खेल युनाइटेडको जितमा ब्रुनो फर्नान्डेस र मार्कुस रासफोर्डले गोल गरे। पीएसजीले उपहार गोल पाएको थियो।

२३औँ मिनेटमा युनाइटेडले पेनाल्टीमार्फत गोल गर्दै खलमा १–० को अग्रता लिन सफल भयो। पेनाल्टी बक्समा एब्डोउ डियालोले एन्थोनी मार्सियललाई लडाएपछि प्राप्त पेनाल्टीमा ब्रुनो फर्नान्डेसले गोल गर्न सफल भए।

 ५५औँ मिनेटमा मार्सियलको आत्मघाती गोलबाट पीएसजीले खेललाई बराबरीमा ल्याएको थियो।

खेल सकिन तीन मिनेट बाँकी रहँदा माकर्सुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाए।

प्रकाशित मिति: : 2020-10-21 06:32:00

प्रतिकृया दिनुहोस्