मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा, पूर्णाक ४० अंक मात्रै

राष्ट्रिय परीक्षा बोर्डले देशभर मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्ने भएको छ।

वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो । परीक्षा कोरोना महामारीका कारण आठ महिनापछि हुन लागेको हो।

राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो।

साधारण, संगीत, ललितकला र संस्कृत विषय र प्राविधिकतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षा पनि सञ्चालन हुने बाेर्डले जनाएकाे छ।

परीक्षा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी गराउनुपर्ने छ।

आफूलाई पायक पर्ने ठाउँमा मात्र परिक्षा दिन पाउनेछन् भने पूर्णाक ४० अंक मात्र निर्धारण गरिएको छ।

४० अंक र विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरिने बोर्डले जनाएको छ।

बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा संचालन हुनेछ। शनिबार पनि परीक्षा संचालन गरेर मंसिर १६ गते सकिनेछ।

प्रकाशित मिति: : 2020-10-21 16:19:00

प्रतिकृया दिनुहोस्