गोलकिपर पिटर चेक चेल्सीको टिममा फर्किएका छन्। सन्यास लिइसकेका उनी आपतकालीन अवस्थाका लागि टिममा फर्किएका हुन्।
क्लबकाे टेक्निकल एण्ड पफर्मेन्स एड्भाइजसको भूमिका निर्वाह गर्दै आएका ३८ वर्षका चेकले २०१८–१९ को सिजनको अन्त्यमा सन्यास लिएका थिए।
उनले स्टामफोर्ड ब्रिजमा ११ वर्ष बिताएका छन्। साे क्रममा उनले चार प्रिमियर लिग, एक च्याम्पियन्स लिगसहित १३ उपाधि जिते। उनले अन्तिम पटक २०१५ मेमा खेलेका थिए।
त्यसपछि चिरप्रतिद्वन्द्वी आर्सनल पुगेका उनी २०१९ मा गोलकिपर प्रशिक्षकका रुपमा चेल्सी फर्किए।
चेल्सीमा चेक बाहेक केपा, मेन्डी र काबेलारो छन्। तर उनलाई आपतकालका लागि ल्याइएकाे प्रशिक्षक फ्राङ्क लाम्पार्डले बताएका छन्।
उनले भने छन्, ‘यो रमाइलोका लागि गरिएको होइन। उनी आपतकालका लागि आएका हुन्। हिजो जस्तो खेले जस्ताे खेलकाे अब अपेक्षा गर्न सकिँदैन।’